काठमाडौँ । हिउँले ढाकिएको, चिसो र टाढाको भूभाग — ग्रिनल्यान्डलाई धेरैले यस्तै रूपमा सम्झिन्छन् । ध्रुवीय भालु (पोलार बियर), नर्दर्न लाइट्स र अनन्त बरफको देश । तर पछिल्ला केही वर्षमा यो विशाल टापु विश्व...
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्य समितिले विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेस गरेको छ ।
सभापति थापाको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरु बिहीबार आयोगको केन्द्रीय...
काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य बिहीबार केही कम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस...
काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरतविभिन्न मित्रराष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाटभएको छ ।
भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीकाराजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथाफ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधि सहभागी थिए ।
भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिकविकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदैआएको दीर्घकालीन सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।
उनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव स्रोतविकास लगायतका क्षेत्रमा युरोपियन यूनियनले दिएको सहयोगउल्लेखनीय रहेको बताए ।
साथै, उनले जर्मनी, फिनल्याण्ड र फ्रान्सले स्वास्थ्य, पर्यटन, ऊर्जा, राजस्व व्यवस्थापन लगायतका क्षेत्रमा दिएको योगदानप्रति पनिकृतज्ञता व्यक्त गरे ।
उक्त अवसरमा सहभागी राजदूतहरूले नेपालमा हालै सम्पन्न राजनीतिकरूपान्तरणपछि पनि आफ्ना देशहरू नेपाल सरकारसँग सहकार्य गर्न सधैँप्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
त्यसैगरी, सोही दिन अर्थमन्त्री खनाल र नेपालका लागिस्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियली म्युलरबीच पनि अर्थमन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
भेटमा अर्थमन्त्री खनालले स्वीट्जरल्याण्ड नेपालको पुरानो मित्र राष्ट्रभएको उल्लेख गर्दै नेपालको आर्थिक विकास, सार्वजनिक वित्तव्यवस्थापन, व्यवसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन, क्षमता विकास जस्ता विविध क्षेत्रमा गरिएको सहयोगप्रति धन्यवादव्यक्त गरे ।
स्वीस राजदूत डा. म्युलरले नेपालजस्तो हिमाली देशसँग सहकार्य गर्नपाउँदा सन्तोष व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल सरकारसँगसहकार्य गर्न निरन्तर इच्छुक रहेको धारणा व्यक्त गरे ।
सिड्नी, सेप्टेम्बर २० — सिड्नीको सामाजिक तथा सांस्कृतिक गतिविधिको केन्द्र बन्ने अपेक्षा गरिएको ग्र्याण्ड प्यालेस फंक्शन सेन्टर आइतबार (सेप्टेम्बर २१) एक...