काठमाडौं । नेपाल राष्ट्रिय मण्डली संगति नेपाल (एनसीएफ) को ६६औँ अधिवेशनबाट किरणकुमार परियार अध्यक्षमा निर्वाचित भएका छन्।
मंगलबार सम्पन्न निर्वाचनमा परियारले आफ्ना निकटतम प्रतिद्वन्द्वी रेभरेन्ड पास्टर विवि कार्कीलाई ३८ मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। निर्वाचन समितिका संयोजक चन्द्रमान नेपालीका अनुसार परियारले ३५९ मत प्राप्त गरेका थिए भने कार्कीको पक्षमा ३२१ मत खसेको थियो।

त्यस्तै, उपाध्यक्षमा तारासिंह गुरुङ, सचिवमा ईश्वरप्रताप लामा र कोषाध्यक्षमा वीरबहादुर तामाङ निर्वाचित भएका छन्।
सदस्य पदमा उदयराज भट्ट, छवी मोक्तान, पदमप्रसाद सेडाईं, महेश दोङ र बोधराज सुनुवार निर्वाचित भएका छन्।
एनसीएफ नेपालको विधानअनुसार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको कार्यकाल तीन वर्षको रहने व्यवस्था छ।



