Monday, September 28, 2026
Zenith Migration Education
Monday, September 28, 2026

राजु गिरी नेपाली जनसम्पर्क समिति NSW को सभापतिमा निर्वाचित

Zenith Migration Education

सिड्नी। दाङको तुलसीपुर निवासी डियाल गिरी ‘राजु’ नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको न्यु साउथ वेल्स (NSW) राज्य समितिको सभापतिमा निर्वाचित भएका छन्।

सिड्नीको रकडेलमा सम्पन्न समितिको पाँचौँ अधिवेशनबाट राजु गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। सामाजिक क्षेत्रमा सक्रिय गिरीले अस्ट्रेलियामा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य लिएका छन्।

आगामी कार्यकालमा संस्थालाई थप सशक्त, एकताबद्ध र प्रभावकारी बनाउँदै समुदायमुखी गतिविधिलाई प्राथमिकता दिने गिरीको भनाइ छ।

लोकतान्त्रिक राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आएका राजु गिरी का पिता कृष्णकुमार गिरी पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय थिए। २०२९ देखि २०३१ सालसम्मको राजनीतिक संघर्षका क्रममा उनले जेल जीवनसमेत बिताएका थिए।

तुलसीपुरको सामाजिक परिवेशबाट सिड्नीस्थित नेपाली समुदायको संस्थागत नेतृत्वमा पुगेका राजु गिरी को चयनलाई गृहक्षेत्रमा समेत चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु