Sunday, November 22, 2026
Zenith Migration Education
Sunday, November 22, 2026

सिड्नीमा नेपथ्यको सांगीतिक प्रस्तुति, नेपाली संगीतप्रेमी उत्साहित

Zenith Migration Education

सिड्नी । नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय नाम नेपथ्यले आगामी डिसेम्बर १९ मा अस्ट्रेलियाको सिड्नीमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ। ‘नेपथ्य लाइभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम सिड्नीको प्रसिद्ध होर्डन पेभेलियनमा आयोजना हुन लागेको हो।
नेपाली मौलिक संगीत, संस्कृति र पहिचानलाई विश्वभर फैलाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेर्न अस्ट्रेलियामा रहेका नेपाली संगीतप्रेमीहरू उत्साहित रहेको आयोजक टीआरएन ईभेन्टसले जनाएको छ।
कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी भइरहेको आयोजक टीआरएन ईभेन्टसका पर्दीप पाठकले जनाएका छन ।
आजोजक पाठकले नेपथ्यको सिड्नी प्रस्तुति नेपाली समुदायका लागि विशेष सांगीतिक उत्सव हुने अपेक्षा व्यक्त गरेका छन्। नेपाली कला, संस्कृति र संगीतलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुका साथै अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई सांगीतिक माध्यमबाट एकै ठाउँमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।
कार्यक्रममा एक्सपर्ट एजुकेसन र मार्की होम्स शीर्ष प्रायोजकका रूपमा आबद्ध रहेका छन् भने आरजे ब्राउनले ले सह प्रायोजन गरेको छ। त्यसैगरी, कार्यक्रमको निर्माण नेपालयले गरेको हो।
नेपाली संगीतको मौलिक पहिचान बोकेको नेपथ्यको प्रस्तुति सिड्नीमा रहेका नेपाली पुस्ताबीच सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने अवसरका रूपमा समेत हेरिएको छ। विशेषगरी नयाँ पुस्तालाई नेपाली संगीत र सांस्कृतिक विरासतसँग जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेपथ्यको सुमधुर संगीत, नेपालीपन र सांस्कृतिक पहिचानसँगै सिड्नीमा डिसेम्बर १९ को साँझ विशेष बन्ने अपेक्षा गरिएको आयोजक टीआरएनका पाठकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु