Tuesday, September 22, 2026
Zenith Migration Education
Tuesday, September 22, 2026

कलाकार जेनीशा ‘फूल फुल्यो केशरी’ लिएर आउँदै

Zenith Migration Education

सिड्नी । अस्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली संगीतमा सक्रिय रहँदै आएकी गायिका तथा सर्जक जेनिशा गौतम नयाँ गीत ‘फूल फुल्यो केशरी’ लिएर दर्शकमाझ आउने भएकी छन्। लोक र आधुनिक संगीतको संयोजनमा तयार गरिएको गीत जुन ६ मा सिड्नीबाट सार्वजनिक गरिने भएको छ।

जेनिशा इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको गीतमा प्रताप दासजेनिशा गौतमको स्वर रहेको छ। गीतका शब्द तथा संगीत पनि जेनिशा स्वयंले सिर्जना गरेकी हुन्। संगीत संयोजन उदय राज पौडेल, मिक्सिङ तथा मास्टरिङ कुमार थापाले गरेका छन्।

यसअघि ‘सुटुक्कै’, ‘माया गरिदेउ’ र ‘गाजल’ जस्ता गीतमार्फत दर्शकमाझ छुट्टै पहिचान बनाएकी जेनिशाले नयाँ गीतमा नेपाली मौलिकता, प्रेम र भावनात्मक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरिएको बताइन्।

“विदेशमा बसे पनि आफ्नो भाषा, संस्कृति र संगीतसँगको सम्बन्ध कहिल्यै टुट्दैन। ‘फूल फुल्यो केशरी’ मेरो लागि एउटा गीत मात्र होइन, नेपालीपनप्रतिको माया र पहिचान अभिव्यक्त गर्ने प्रयास हो,” जेनिशाले भनिन्। “श्रोताले यस गीतमा आफ्नो गाउँघर, आफ्नोपन र प्रेमका अनुभूतिहरू महसुस गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।”

सार्वजनिक पोस्टरमा हिमाली दृश्य, फूलले सजिएको प्राकृतिक परिवेश र कलाकारहरूको प्रस्तुति देख्न सकिन्छ। पोस्टरले गीत प्रेम, सम्झना र नेपाली संस्कृतिसँग जोडिएको कथामा आधारित रहेको संकेत गरेको छ। भिडियोमा दीपेन भण्डारीजेनिशा गौतमको अभिनय रहेको छ।

भिडियोको छायांकन ओम गोर्खालीले गरेका छन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। पोस्ट–प्रोडक्सन लाइमलाइट नेपालले गरेको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी पनि जेनिशा गौतमले नै गरेकी छन्।

अस्ट्रेलियामा रहेर नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा सक्रिय जेनिशाको यो नयाँ प्रस्तुति नेपाली संगीत क्षेत्रमा पछिल्लो पुस्ताको सिर्जनात्मक प्रयासका रूपमा हेरिएको छ। ‘फूल फुल्यो केशरी’ को ग्रान्ड प्रिमियर सिड्नीको अ‍बर्नस्थित ग्रान्ड प्यालेसमा विशेष कार्यक्रमबीच सम्पन्न हुने आयोजकले जनाएको 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु