Monday, September 7, 2026
Zenith Migration Education
Monday, September 7, 2026

सुसान्त केसीको अष्ट्रेलिया टुर

Zenith Migration Education

सिड्नी — सुसान्त केसी आगामी सेप्टेम्बरको पहिलो साता सिड्नीमा भव्य सांगीतिक प्रस्तुतिसहित दर्शकमाझ आउने भएका छन्। टीआरएन अष्ट्रेलियाको प्रस्तुतिमा आयोजना हुन लागेको “पाहुना” सांगीतिक साँझ पहिलो पटक द क्रेसेन्ट, पारामाटा पार्क मा हुने भएको छ।

करिब ८ हजार दर्शक अट्ने क्षमता रहेको यो खुला मैदान भारत तथा युरोपका चर्चित कलाकारहरूको विशेष प्रस्तुति हुने स्थलका रूपमा परिचित छ। नेपालीपन र नेपाली मनलाई जोड्ने उद्देश्यसहित यस वर्ष अझ ठूलो र नयाँ भेन्युमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजक प्रदीप पाठक ले जानकारी दिएका छन्।

सुसान्त केसीको लोकप्रियता र दर्शकहरूको उच्च उत्साहलाई मध्यनजर गर्दै पारामाटा पार्क रोजिएको आयोजकको भनाइ छ। यस वर्षको कार्यक्रममा आकर्षक फायरवर्क्स तथा नेपाली पहिचान झल्काउने विशेष प्रस्तुति पनि रहनेछ।

कार्यक्रम सेप्टेम्बर ५, शनिबार आयोजना हुनेछ। सुसान्तका लोकप्रिय गीत पाहुना, झ्यालबाट लगायत दर्जनौँ हिट गीतहरू कार्यक्रममा प्रस्तुत गरिने अपेक्षा गरिएको छ। नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु