Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा

Zenith Migration Education

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनै जना शीर्ष पदाधिकारीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।

बिहीबार उपकुलपति प्रा. डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले पदबाट राजीनामा दिएका हुन् ।

नयाँ सरकारालाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गरिएको तर्क उनीहरूले गरेका छन् ।

उपकुलपति अर्याल केपी ओली प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । प्राडा केशरजंग बरालले उपकुलपतिबाट राजीना दिएपछि अर्याल गत २०८२ असार २५ मा उपकुलपति बनेका थिए ।

शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका थिए । त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हो ।

तर दुई तिहाइ नजिकको मत ल्याएको रास्वपाले राजनीतिक नियुक्ति लिएकालाई मार्गप्रशस्त गर्न भनेको थियो । सरकारले अध्यादेश नै ल्याउन लागेपछि राजीनामा दिने निर्णमा त्रिवि पदाधिकारी पुगेका हुन् ।

१४ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेललाई अध्यादेश सिफारिस गरेको हो । हाल अध्यादेश राष्ट्रपतिले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु