सिड्नी — मधेस प्रदेश–२ अन्तर्गत रौतहटको गौरमा जन्मिएकी श्रीष्टी शाह आज अष्ट्रेलियाको कानुनी क्षेत्रमा उदाउँदै गरेकी सक्रिय र योग्य युवा वकिलको रूपमा परिचित छिन्। बुवा सुवंस शाह र आमा सरोज शाहकी जेठी छोरी भएकी उनले दुई भाइको अग्रज भएर बाल्यकालदेखि नै शिक्षा, अनुशासन र सामाजिक मूल्य–मान्यतामा हुर्किएकी थिइन्।
बुबा सुवंस शाह अष्ट्रेलियामा एक दशकभन्दा बढी ANTA को अध्यक्ष रहेर जिम्मेवारीपूर्वक काम सकेका, सफल व्यवसायी तथा प्रतिष्ठित समाजसेवीका रूपमा परिचित व्यक्ति हुन्। परिवारको यही सामाजिक चेत, अनुशासन र सेवा भावना श्रीष्टीको व्यक्तित्वमा गहिरोसँग स्थापित भएको छ।
उनी परिवारसँग सानै उमेरमा अष्ट्रेलिया आएकी थिइन्। यहीँबाट शैक्षिक यात्रालाई निरन्तरता दिँदै उनले Macquarie Universityबाट Bachelor in Law (LLB) पूरा गरिन्। २५ वर्षको उमेरमै अष्ट्रेलियाकै अनुमतिप्राप्त वकिल बन्न सफल उनले आज नेपाली समुदायका युवाका लागि प्रेरणादायी उदाहरण बनिसकेकी छन्।
श्रीष्टीले सिड्नीको Parramatta क्षेत्रमा रहेको
Brighten Law — Level 15, 60 Station Street E, Parramatta
मा आफ्नो कानुनी कार्यालय स्थापना गरी निम्न सेवाहरू उपलब्ध गराउँदै आएकी छन्—
• व्यक्तिगत चोटपटक सम्बन्धी कानुनी सेवा
• कार्यस्थलमा हुने दुर्घटना तथा क्षतिपूर्तिको दाबी (Workers Compensation)
• उपचारगत लापरवाही (Medical Negligence) सम्बन्धी कानुनी सहयोग
• कागजी सम्झौता तथा करार–सम्झौता तयारी (Contracts)
• जग्गा–जमिन खरिद–बिक्री तथा ट्रान्सफर सम्बन्धी कानुनी प्रक्रिया (Conveyancing)
• आप्रवासन तथा भिसा सम्बन्धी कानुनी परामर्श (Migration Services)
नेपाली तथा बहुसांस्कृतिक समुदायलाई सहज, पारदर्शी र भरपर्दो कानुनी सेवा उपलब्ध गराउने उद्देश्यले उनले यो कार्यालय सञ्चालनमा ल्याएकी हुन्। पेशागत कामसँगै उनले NRNA र अन्य सामाजिक संस्थासँग सहकार्य गरी निःशुल्क कानुनी सचेतना कार्यक्रम समेत निरन्तर सञ्चालन गरिरहेकी छन्।
श्रीष्टीको सेवा भावना, आत्मविश्वास र पेशागत प्रतिबद्धताले अष्ट्रेलियास्थित नेपाली समुदायबाट उल्लेखनीय सम्मान र प्रशंसा पाउँदै आएकी छिन्। राजदूत चित्रलेखा यादवले समेत उनलाई शुभकामना, आशिर्वाद र प्रोत्साहन व्यक्त गरिसकेकी छन्।
“नेपाली समुदायको हक–अधिकारमा प्रभावकारी आवाज उठाउने, न्यायमा सबैको पहुँच सहज बनाउने र समुदायलाई कानुनी रूपमा अझ सशक्त बनाउँदै लैजाने मेरो लक्ष्य हो,” श्रीष्टी भन्छिन्।
२५ वर्षमै हासिल गरेको दृढ सफलताका कारण उनले—
छोरीको सशक्तीकरण, मधेसको सकारात्मक रूपान्तरण, र प्रवासी नेपाली समुदायको उज्यालो भविष्यको जिवन्त उदाहरणस्थापित गरेकी छिन्।



