Tuesday, June 2, 2026
Zenith Migration Education
Tuesday, June 2, 2026

‘लज्जावती’ साउन २९ देखि देशव्यापी प्रदर्शनमा आउने

Zenith Migration Education

काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण भएको नेपाली सिनेमा ‘लज्जावती’ इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।
गतसाता धर्मस्थलीस्थित एक घरमा ४५ दिनको छायांकनपछि सिनेमाको सम्पूर्ण सुटिङ सम्पन्न गरिएको हो ।

छायांकन सकिएसँगै निर्माण टिमले आगामी साउन २९ गतेदेखि सिनेमा देशव्यापी प्रदर्शनमा आउने जानकारी दिएको छ । हालसम्म सो मितिमा अन्य कुनै नेपाली सिनेमाले आधिकारिक रूपमा प्रदर्शन मिति घोषणा नगरेकाले ‘लज्जावती’लाई सोलो रिलिजको अवसर मिल्ने निर्माण पक्षको बुझाइ छ ।
आहा फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता सौरभ वली हुन् भने निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया रहेका छन् । दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको सिनेमामा दिव्यराज सुवेदीको छायांकन रहेको छ ।

सिनेमामा मुकुन भुषाल, श्री कृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतम, रामहरी खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

त्यसैगरी तारा थापा ‘किम्भे’ले सम्पादन गरेको सिनेमामा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । सिनेमालाई देशव्यापी रूपमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु