Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

तोलामा १६ सयले घट्यो सुन

Zenith Migration Education

नेपाली बजारमा बुधबार सुनको भाउ १६ सय रुपैयाँले घटेको छ। मंगलबार २०० रुपैयाँले घटेको सुनको मूल्य आज तोलाकै १६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ मंगलबार चाँदी प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २९७.१६ अमेरिकी डलर र चाँदी ३३.२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु