Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको प्रभावकारी कार्यान्वयनमा काँग्रेस दृढ छ : सभापति देउवा

Zenith Migration Education

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशिता जस्ता ऐतिहासिक उपलब्धिहरूको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

पार्टी निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय संगठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तिकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समुद्घाटन गर्दै सभापति देउवाले उक्त धारणा व्यक्त गरेका हुन् ।

उनले नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त भएका गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशिता जस्ता ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा पार्टी कटिबद्ध रहेको स्पष्ट पारे । संविधान संशोधनमार्फत आदिवासी जनजातिका अधिकारलाई थप सुनिश्चित र प्रगतिशील बनाउन काँग्रेसले पहल गर्ने उनको भनाइ थियो ।

सभापति देउवाले आदिवासी जनजाति लगायत विभिन्न समुदायका चाडपर्वहरूलाई राष्ट्रिय पहिचान दिलाउने कार्यको थालनी काँग्रेस नेतृत्वको सरकारले नै गरेको स्मरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु