Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

धादिङ कारागारमा एक बन्दी मृत फेला

Zenith Migration Education

जिल्ला कारागारमा एक बन्दी मृत फेला परेका छन्।

धादिङको वेनीघाट रोराङ गाउँपालिका-७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालयमा झण्डिएर आत्महत्या गरेको धादिङ कारागार प्रशासनले जनाएको छ।

गत ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका सुनार राति १ बजेतिर शौचालय गएको र लामो समयसम्म पनि नफर्किएपछि सुरक्षाकर्मीले झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा देखेको धादिङ कारगारका प्रशासक राममणि मिश्रले बताए।

उनीले मुडा बुन्न प्रयोग हुने दुई हात लामो डोरीले पासो लगाई आत्महत्या गरेका धादिङ प्रहरीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरी मृतकको शव पोष्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु