Monday, September 14, 2026
Zenith Migration Education
Monday, September 14, 2026

सात दिनभित्र कार्यपालिका बैठक बोलाउन बालेनलाई उपमेयरसहितका सदस्यको पत्र

Zenith Migration Education

काठमाडौं महानगरपालिकाका कार्यपालिकाका सदस्यहरूले कार्यपालिका बैठकको माग गरेका छन् ।

उपमेयर सुनिता डंगोलको नेतृत्वमा उनीहरूले ७ दिनभित्र कार्यपालिका बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन् ।

उक्त पत्रमा पौष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको उल्लेख गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु