Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ

Zenith Migration Education

प्रहरीले दमकबाट लागुऔषध खैरो हेरोइनसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई दमक नगरपालिका–९ चिया बगानको नौघरे टोलबाट आज पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा दमक–९ अजय राई, रोहित गौतम, राजु सुनुवार र भगवान किन्डो उराव रहेका छन् ।

भगवान किन्डो उरावको घरमा मानिसहरू भेला भई लागुऔषध खरिद बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा दमकबाट खटिएको प्रहरी टोलीले अजय राईको साथबाट ४.८८ ग्राम लागुऔषध खैरो हेरोइन फेला पारेको प्रनाउ खड्काले बताए ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु