Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

नेपालले भारतलाई राति भारु ४ मा विद्युत बिक्री गरिरहेको छः हितेन्द्रदेव शाक्य

Zenith Migration Education

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतलाई रातिको समयमा भारु ४ मा नेपालले विद्युत विक्री गरिरहेको बताएका छन्।

आइतवार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन्। उनले भारतमा अहिले केही समय यता दिउँसोको समयमा विद्युत सस्तो भएको बताए।

बिजुली खपत गरेबापत भारतमा अहिले एक मेगावाट आवरको करिव ५० पैसा पाउने अवस्था रहेको बताए। दिउँसोको समयमा नेपालले पनि त्यही बिजुली आयात गर्ने गरेको बताए।

त्यो बेलामा हामीले भारतबाट बिजुली जतिसक्दो ल्याएर कुलेखानी, मस्र्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी जम्मा गरेर राखेको र पिक लोड समयमा नेपालकै विद्युतले आवश्यकता पूरा भइरहेको बताए। राती ९ बजेपछि सञ्चित पानीबाट बिजुली बेचिरहेको दाबी गरे। शनिवार मात्रै २५ सय मेगावाट आवर खरिद गरिएको र १३ सय मेगावाट आवर विक्री गरेको बताए। जसबाट नेपालले सस्तोमा किनेर महंगोमा बेच्दा युनिट कम भएपनि पैसाको हिसाबले फाइदा भएको बताए। नदीको पानी बढी हुन थालेपछि भारतबाट दिउँसो पनि किन्न नपर्ने र दिउँसो पनि सस्तोमा भएपनि बेच्न सकिने बताए।

प्रबन्ध निर्देशक शाक्यले गत बुधवार र बिहीवार बाहेकका दिन बाहेक अरु दिन विद्युत आपूर्तिमा समस्या नरहेको जिकिर गरे। वास्तविकता भन्दा पनि फरक रहेर सत्यता लुकाएर अफवाह फैल्याइएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु