Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

काँग्रेसको निष्कर्ष– ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष हुनुहुन्छ’

Zenith Migration Education

नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा पार्टीका नेता तथा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको छ । सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री लेखक उक्त अनियमिततामा संलग्न नभएको र जबरजस्ती जोडेर अफवाह फैलाइएको ठहर गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्रीज्यूको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’

प्रवक्ता महतले मन्त्री लेखकलाई यस प्रकरणमा नियोजित रूपमा मुछ्ने प्रयास भएको र यसबारे अफवाह फैलाइएको समेत बताए । पार्टीले यस्ता निराधार आरोपको खण्डन गर्दै सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएको छ । यस प्रकरणमा दोषी देखिएका जुनसुकै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा कांग्रेस स्पष्ट रहेको पनि उनले उल्लेख गरे

उनले शेखर कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको बताए । नेताहरूले वास्तविकता बुझेकाले त्यस्ता अभिव्यक्ति आएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु