Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

आजको मौसम अपडेट: यी प्रदेशहरूमा अति भारी वर्षाको उच्च सम्भावना

Zenith Migration Education

अहिले मनसुनी वायुको प्रभाव व्यापक रूपमा देशभर फैलिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ, जसका कारण हाल देशभर सामान्यतया मौसम बदली रहँदै आएको छ। विशेषगरी मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर सामान्यतया मौसम बदली नै रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ, जबकि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली नै रहनेछ। कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु