Wednesday, August 19, 2026
Zenith Migration Education
Wednesday, August 19, 2026

जातीय छुवाछुत अन्त्यको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

Zenith Migration Education

काठमाडौंको माइतीघर मण्डलामा जातिय छुवाछुत विरुद्धको अभियानले विरोध प्रदर्शन गरेकाे छ ।

जातीय छुवाछुत विरुद्धको अभियान अन्तर्गत ३५ दिनदेखि निरन्तर विरोध प्रदर्शन जारी छ। घरबेटीहरूले जातको आधारमा घर बहाल दिन अस्वीकार गर्दै विभेद गरेको भन्दै अभियानकर्ताहरूले ब्यानर तथा प्लेकार्डसहित प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले ‘तिमी जात चिन्छौ कि मान्छे ?’ ‘जात सोधेर घर बहाल दिने तिम्रो कस्तो मानसिकता ?’ ‘तिम्रो चेतनाले मानव चिन्दैन र ?’ लेखेका प्लेकार्ड सहित विराेध गरेका छन् । अभियानले जातीय विभेद र छुवाछुत अन्त्य गर्दै समानता, मानवता र सम्मानको सुनिश्चितता गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु