Sunday, June 7, 2026
Zenith Migration Education
Sunday, June 7, 2026

अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख हार्करले गरे सगरमाथा आरोहण

Zenith Migration Education

काठमाडौंस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

अमेरिकी दूतावासका अनुसार, उनले मे २०, २०२६ को बिहान ९:१० बजे सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । उनी सगरमाथा शिखरमा पुग्ने पहिलो सेवारत अमेरिकी कूटनीतिज्ञ भएको दूतावासले जनाएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हार्करको प्राप्त गरेको सफलता पर्वतारोहण र कूटनीतिक लागि एउटा कोसेढुंगा भएको बताएको छ ।

‘यो उपलब्धि अमेरिकी स्वतन्त्रताको आगामी २५०औँ वार्षिकोत्सव, फ्रिडम २५० को लागि गर्वको क्षण हो, जसले अमेरिकी साहस, धैर्य र अन्वेषणको भावनाको सम्झना गराउँछ,’ दूतावासले भनेको छ ।

हार्करको अभियान २००६ मा अन्नपूर्ण आधारशिविरको पदयात्राको क्रममा सुरु भएको थियो । यसको २० वर्षपछि उनले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु