Monday, June 1, 2026
Zenith Migration Education
Monday, June 1, 2026

सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने

Zenith Migration Education

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ ।

जेनजीको प्रदर्शनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रमुख भएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक किरण पोखरेलले कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने जानकारी दिएका छन् । उनका अनुसार मन्त्री बन्नेहरूको नाम फाइनल हुँदैछ ।

जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मङ्गलबार भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायतविरुद्ध देशभर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु