Wednesday, February 11, 2026
Zenith Migration Education
Wednesday, February 11, 2026

सुशीला कार्की संविधानको धारा ६१ अनुसार नेपालको प्रधानमन्त्री

Zenith Migration Education

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई संविधानको धारा–६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।

तर, युवा जेनजी आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् । नेपालको संविधानको धारा–६१ मा राष्ट्रपतिसम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन ।

संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र सङ्घीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु