Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध

Zenith Migration Education

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ ।

प्रधान कार्यालयले आज विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थिति सामान्यीकरण हुँदै जाने क्रममा केही व्यक्ति वा समूहले विभिन्न आपराधिक गतिविधि गर्नसक्ने भन्दै त्यस्तो भएमा वा भएको देखेमा खरब गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट तथ्यहीन भ्रामक प्रचारप्रसार गर्ने र परिस्थितिको अनुचित फाइदा उठाइ सीमा अपराधलगायत लुटपाट, आगजनीजस्ता कार्यमा संलग्न भई आपराधिक गतिविधि हुनसक्ने जनाउँदै त्यसबारे टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध छ ।”

यसैगरी राष्ट्रमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्न जुनसुकै विषम् परिस्थितिमा पनि सशस्त्र प्रहरी बल देश र जनताको सेवामा प्रतिबद्ध रही पूर्ण संयमताका साथ परिचालन भइरहेको पनि जनाइएको छ ।

प्रहरी बलले राज्यद्वारा सुम्पिएको मुख्य कार्यदिशाअन्तर्गत सीमा सुरक्षामा आफ्नो जिम्मेवारीबाट विचलित नभई अन्तर्राष्ट्रिय सीमाबाट हुनसक्ने कुनै पनि किसिमको सीमा अपराध, घुसपैठ तथा अतिक्रमणजस्ता कार्य नियन्त्रण गर्न प्रभावकारी रूरुपमा परिचालन हुँदै आइरहेको पनि जनाएको छ । यसका लागि सीमामा खटिएका समकक्षीलगायत सरोकार भएका अन्य निकायसँग निरन्तर समन्वय भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु