Monday, June 15, 2026
Zenith Migration Education
Monday, June 15, 2026

जेनजी प्रदर्शनमा भएका अप्रिय घटनाका तस्बिर–भिडियो पठाउन प्रहरीको अनुरोध

Zenith Migration Education

काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न स्थानमा भएको जेनजी प्रदर्शन र आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट तथा आम सर्वसाधारणमा त्रास सिर्जना गर्ने अन्य घटनासँग सम्बन्धित सूचना सङ्कलन गर्न आम जनसमुदायसँग सहयोगको आग्रह गरेको छ।

उक्त घटनासँग सम्बन्धित तस्बिर, भिडियो वा सामाजिक सञ्जालमा सार्वजनिक भएका लिङ्कहरू भए, ती लिङ्कहरू इमेलमा पठाउन प्रहरीले अनुरोध गरेको छ । यससँगै, प्रहरीले सामग्री पठाउने व्यक्तिहरूको गोपनीयता पूर्ण रूपमा कायम राखिने बताएको छ ।

प्रहरीको यो पहलले जनसाधारणमा भय–त्रास सिर्जना गर्ने घटनाहरूको सत्य तथ्य अनुसन्धान गर्न र दोषी पहिचानमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु