Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

गृह मन्त्रालयको नयाँ भवनमा नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष

Zenith Migration Education

काठमाडौँ । गृह मन्त्रालयको नयाँ बन्दै गरेको भवनमा अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदैछ । अन्तरिम प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का लागि अहिले सिंहदरबारमा व्यवस्थापनका लागि तयारी थालिएको हो ।

हमन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री राख्न लागिएको छ ।

गत सोमबार र मङ्गलबारको प्रदर्शनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायतविरुद्ध प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, शीर्ष नेताहरूका घर, पार्टी कार्यालयहरू र केही निजी सम्पत्तिमा आगजनी एवम् तोडफोड गरेका थिए । नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाशीध सुशीला कार्कीको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु