Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

Zenith Migration Education

कोलम्बो । विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा सुरक्षा नियन्त्रणमा लिइएका श्रीलङ्काका पूर्वराष्ट्रपतिलाई शनिबार सरकारी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।

कोलम्बो नेसनल हस्पिटलका उपमहानिर्देशक रुक्शान बेलानाले एएफपीसँग कुरा गर्दै शुक्रबार राति हिरासतमा पठाइएका विक्रमासिङ्घेलाई ‘डिहाइड्रेसन’ को समस्या निकै देखिएको र चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्ने देखिएकोले उनलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ ।”

उनले भने, “गम्भीर जटिलताबाट बच्नका लागि उहाँलाई चिकित्सकको निगरानी आवश्यक देखिन्छ ।” “पूर्वराष्ट्रपति विक्रमासिङ्गेलाई उच्च रक्तचापसँगै मधुमेहको समस्या पनि रहेको छ,” उनले बताए । विक्रमासिंघेको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।

उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई श्रीलङ्काको मुख्य सरकारी अस्पतालमा लगिएको कारागारका प्रवक्ताले जानकारी दिएका छन् । जेलमा रहेका ७६ वर्षीय विक्रमासिङ्घेलाई भेट्न पुगेका विपक्षी सांसदहरूले विक्रमासिङ्घेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।

विपक्षी दलहरूले विक्रमासिङ्घे फेरि सत्तामा फर्कन सक्ने डरले सरकारले उनलाई हिरासतमा लिएको आरोप लगाएका छन् ।

भ्रष्टाचार विरोधी अभियान

विक्रमासिङ्घे गत सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावमा अनुरा कुमारा दिसानायकेसँग पराजित भएका थिए । सन् २०२२ मा सबैभन्दा खराब आर्थिक मन्दीबाट गुज्रिरहेको श्रीलङ्कामा व्याप्त भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत उनलाई शुक्रबार पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु