Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

सिड्नीमा मन पराईयो चलचित्र ‘अन्जिला’

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । चलचित्र अन्जिलाको विशेष प्रदर्शनी सम्पन्न भएको छ । यतिबेला अष्ट्रेलियाका विभिन्न शहरहरूमा विशेष शो भइरहेको यो चलचित्रको शनिबार सिड्नीको अर्बनमा रहेको रिडिगं हलमा विशेष शो भएको थियो ।

अन्जिला राष्ट्रिय फूटबल खेलाडी (गोल किपर) एन्जिला सुब्बाको कथा माथि आधारित चलचित्र हो । उनकै संघर्ष र सफलताको बास्तविक कथामा आधारित चलचित्र हो, अन्जिला ।

चलचित्रमा अन्जिलाको मुख्य भूमिका रहेको छ भने दयाहांग राई, बिजय बराल, बुद्दी तामाङलगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा मिलन चाम्सको निर्देशन र प्रेमकुमार श्रेष्ठको लगानी रहेको छ ।

पछिलल्लो समय राम्रो प्रशंसा बटुल्न सफल यो चलचित्र प्रबासमा हेर्न पाएकोमा सिड्नीमा रहनु हुने नेपाली चलचित्रप्रेमी दर्शकहरूले खुशी व्यक्त गरे । चलचित्र हेर्न रन्जित शाह, हेमन्त काफ्ले, कृष्ण थापा, शिव श्रेष्ठ , प्रिती घिमिरे , अपिल बिष्ट , मनोज अधिकारीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । चलचित्र प्रदर्शनको व्यवस्थापन पाल्पा इन्टरटेन्ट र सुभाष थापाले गरेका थिए ।

यसैगरी, राष्ट्रिय भलिबल खेलाडी सरस्वती चौधरीले चलचित्र एकदम मन परेको र यो चलचित्रभन्दा पनि यो उनले जिवनको कथा भएको बताइन् ।

‘‘एन्जिलाको खेल हामीलाई मन पर्थ्यो, तर उनको जीवनमा भित्री कथा के थियो भन्ने थाहा थिएन ।’’ राष्ट्रिय भलिबल खेलाडी चौधरीले भनिन्, ‘‘चलचित्रमा खेलाडीहरु कसरी माथि हुँदा रैछ भन्ने देखाएको छ । सबैको आ–आफ्नै कथा हुन्छ । एन्जिलाको कथाले मन खायो । उनले कति संघर्ष गरेकी रैछ, चलचित्रले देखाएको छ ।’’

उनले एन्जिलाको कथाले मन छोएको बताए । ‘‘उनको परिवारमा मम्मिले साथ दिनुभयो । विस्तारै सबै जनाले साथ दिन थाले । जे होस् एन्जिला आफूले हरेस खाइन्, त्यसमा म एकदम खुशी छु ।’’ उनले बचन न्यूजसँग चलचित्रबारे प्रतिक्रिया दिँदै भनिन् ।

खेलाडीहरुले हरेस खानुहुँदैन । अगाडि बढ्छु भनेपछि बढ्नु पर्छ भन्ने धारणा उनको छ ।

यसैगरी, एन्जिलाका निर्माता प्रेमकुमार श्रेष्ठले यो चलचित्र हेर्न खेलसम्बन्धी बुझ्ने व्यक्तिहरु धेरै आएको बताए । अहिलेसम्म जतिजनाले चलत्रिच हेर्नुभयो सबैले धेरै मन पाएको प्रतिक्रिया आएको उनको भनाइ छ ।

‘‘म एकदम उत्साहित छु । चलचित्र हेर्न आउनुभएको दर्शकले एन्जिला मन पराइदिनुभएको छ । त्यसमा म एकदम खुशी छु ।’’ निर्माता श्रेष्ठले भने, ‘‘पहिला एडिलेटमा चलचित्र प्रदर्शन भयो । त्यहाँ पनि सबैबाट धेरै राम्रो प्रतिक्रिया आयो । र अब सेप्टेम्बर १ मा बेलर्बनमा प्रदर्शन हुँदै छ । सिड्नीमा चलचित्रको विज्ञापन बिनै धेरै दर्शकहरु आइदिनुभयो र सबै जनाले चलचित्र राम्रो भएको प्रतिक्रिया दिनुभयो ।’’

उनले सहयोगी हातहरुलाई धन्यवाद दिँदै भने, ‘‘विशेष गरी निर्माता सुभाष थापालाई धन्यवाद दिन चाहन्छु । किन भने उहाँले धेरै साथ दिनुभएका कारण यो सम्भव भएको हो । वरिष्ठ पत्रकार हेमन्त काफ्लेले राम्रो कुराहरुमा साथ र योजना दिनुभयो र राजन घिमिरेले चलचित्रका बारे सबैलाई बुझाइदिनुभयो । त्यसैले सबै जनालाई धन्यवाद दिन चाहन्छु ।’’ उनले दर्शकबाट धेरै राम्रो प्रतिक्रिया आएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु