Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

४० प्रभावशाली युवामा सिड्नीका आइटी व्यवसायी कुवँर

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । अनलाइन खबरले सार्वजनिक गरेको ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरुको सूचीमा सिड्नीमा आइटीसम्बन्धी व्यवसायी गरिरहेका बिनोद कुँवर छानिएका छन् ।

अनलाइन खबरले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार २०८२ सालका प्रभावशाली युवाहरुको सूची सार्वजनिक गरेको हो ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौँमा आयोजित समारोहमा ४० युवाहरुको नाम सार्वजनिक र उनीहरुलाई अवार्ड प्रदान गरेका थिए ।

सार्वजनिक नाममा सिड्नीका आइटी व्यवसायी बिनोद कुँवर पनि रहेका छन् । कुँवर एनआरएनए २०२३–२५ कार्यकालका उपाध्याक्ष समेत हुन् ।

नेपालको रुपन्देहीमा करिब ४० करोड रुपियाँ लागतमा कुँवरले क्रिकेट रङ्गशाला निर्माण गरिरहेका छन् । उनै कुँवरलाई अनलाइन खबरले प्ररणादायी ‘४० वर्षमुनिका ४० प्रभावशली युवा’ मा छनोट गरेको हो ।

देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीचमा पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले गत वर्षदेखि ४० युवाहरूको सूची सार्वजनिक गर्न थालेको हो ।

४० मुनिका ४० को सूचीले समर्पण, लगनशीलता र आ–आफ्नो क्षेत्रमा युवाहरूले गरेको महत्त्वपूर्ण योगदानलाई पहिचान दिने र समाजलाई प्रगतिको दिशातर्फ डोहोर्‍याउन मद्दत गर्ने अपेक्षा रहेको अनलाइनखबरका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालले बताए ।

४० जनाको सूची तयार पार्न संयोजक सुदर्शन खतिवडा नेतृत्वको अनलाइनखरको टीमले झण्डै चार महिनासम्म काम गरेको थियो ।

आवेदन र सिफारिसमार्फत् प्राप्त करिब साढे पाँच सय नामबाट ४० जना छान्न उपलब्ध प्रारम्भिक सूचीलाई निर्णायक अर्थात् छनोट समितिसमक्ष पेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु