काठमाडौं । कैलाली कारागारका जेलर फेरिएका छन् । जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भुसाल दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जानकारी दिए ।
कारागारमा शुक्रबार भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए ।
शनिबार दिउँसो पनि कारागाराको अवस्था असामान्य बनेको थियो । कारागारभित्र रहेका कैदीहरूले केहीबेर कारागार नै नियन्त्रणमा लिएका थिए भने अवस्था सामान्य बनाउन प्रहरीले हम्मे हम्मे भएको थियो ।
यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन भएको छ ।



