Wednesday, August 5, 2026
Zenith Migration Education
Wednesday, August 5, 2026

एएफसी यू–२० महिला एशियन कप : आज नेपाल र उत्तर कोरिया भिड्दै

Zenith Migration Education

काठमाडौँ । एएफसी यू–२० महिला एशियन कपको छनोटमा आइतबार नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

एशियन कपमा पुग्न आज नेपालले उत्तर कोरियालाई हराउनुपर्ने भएको छ । अस्ति शुक्रवार भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरबलाई एक गोलले हराउँदा उत्तर कोरियाले भुटानलाई १० गोलले हरायो । योसँगै शीर्ष स्थानको उत्तर कोरियाले दुई खेलबाट छ अंक पुर्‍याएको छ ।

उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० ले पराजित गरेको थियो । तर नेपालले भूटानसँग १–१ गोलको बराबरी खेलेको थियो । नेपालको दुई खेलमा चार अङ्क छ । यो खेलले समूह ‘ए’ बाट एशियन कप खेल्ने टोलीको टुङ्गो लाग्ने छ । ३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु