सिड्नी (अष्ट्रेलिया) । चर्चित नेपाली ब्यान्ड ‘आस्था ब्यान्ड’ले सिड्नीमा लाइभ कन्सर्ट गर्ने भएको छ । यही अगस्ट १० तारिक आइतबार बेलुका सिड्नीको मायालाउन्जमा आस्था ब्यान्डले लाइभ कन्सर्ट गर्ने भएको हो । यो कार्यक्रम ‘वन होर्न्ड ग्रुप’ र ‘केटीएम आवर्स’ को संयुक्त आयोजनामा हुन लागेको हो ।
आस्था ब्यान्ड सन् २००० तिर आफ्ना मधुर गीतहरूका कारण निकै लोकप्रिय थियो । यस ब्यान्डका सदस्यहरू नरेन लिम्बू र सुदिप गुरुङ हुन् । ‘मलाई भन्न आउँदैन’, ‘हरपल’, ‘तिमी आउनु’, ‘अन्तिम माया’, ‘आत्मा’ जस्ता थुप्रै सुपरहिट गीतहरू यस ब्यान्डका छन् ।
लामो समयपछि आस्था ब्यान्डका सदस्यहरू एकै साथ मञ्चमा फर्किंदै छन् । साथै, यो उनीहरूको अष्ट्रेलिया टुरको हिस्सा पनि हो ।



