Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

‘उत्तराखण्डको बाढीमा परेका नेपालीको उद्धारका लागि कूटनीतिक छलफल भएको छ’

Zenith Migration Education

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीमा परेका नेपाली नागरिकको उद्धारका लागि दूतावास मार्फत कूटनीतिक छलफल भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जाल मार्फत बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक परेको खबर आफूलाई दुःखी तुल्याएको बताउँदै उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको बताएका हुन् ।

उनले लेखेका छन्,‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु । बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ ।

उनीहरूको उद्धारका लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको भन्दै ओलीले बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु