Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

तेक्वान्दो टोली थाइल्याण्ड जाने

Zenith Migration Education

काठमाडौँ । आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन चार खेलाडीसहित सात सदस्यीय नेपाली टोली शुक्रबार थाइल्याण्ड जाने भएको छ ।

यही अगष्ट ९ र १० तारिखमा हुने उक्त प्रतियोगिताको पुरुष एकल पुम्सेमा विशेषचन्द्र गमी, ४५ किलोमुनिको तौल समूहमा लवयोग सुनुवार, २७ किलोमुनिको तौल समूहमा सन्देश लामिछाने र ४१ किलोमुनिको तौल समूहमा अर्पण कुमालले प्रतिस्पर्धा गर्ने छन् ।

टोलीको प्रशिक्षकमा सरोज तामाङ र गौरव रजक तथा निर्णायकमा राजेन्द्र डङ्गोल र मुना खवास रहेका छन् । टोलीलाई काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गी, नेपाल तेक्वान्दो सङ्घका सदस्य कुमार लामा घिसिङ र प्रशिक्षक अर्जुनभक्त राईले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु