Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

पूर्वराष्ट्रपति भण्डारीले सेवा सुविधा कटौतीका लागि सरकारलाई पठाइन् पत्र

Zenith Migration Education

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारसँग आफूलाई उपलब्ध गराइने सेवा–सुविधा कटौती गर्न गृह मन्त्रालयलाई पत्र पठाएकी छन् ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले पूर्वराष्ट्रपति भण्डारीको पत्र मन्त्रालयमा आइपुगेको पुष्टि गरेका छन् ।

भण्डारीले राज्यबाट प्राप्त हुँदै आएको सेवा–सुविधा नलिने निर्णय गरेपछि सो सम्बन्धमा आधिकारिक पत्र पेश गरिएको हो ।

हालसम्म भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिवसरहका स्वकीय सचिव, कार्यालय सहयोगीका लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

साथै सुरक्षाकर्मीका लागि घर भाडा समेत उपलब्ध गराइरहेको छ । तर उनी गाडी सुविधा भने लिएकी छैनन् । मासिक २०७ लिटर पेट्रोल सुविधा भने दिइरहेको छ ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराइने गरिएको छ । साथै पूर्वराष्ट्रपतिलाई प्रोटोकल भित्र सुरक्षा हटाउने तयारी नभएको पनि मन्त्रालयले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीको जन्मोत्सवको अवसर पारेर पार्टीमा सक्रिय हुने घोषणा गरेकी थिइन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु