Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

Zenith Migration Education

नेपाली सेनाको सबैभन्दा उच्च तहको तालिम मानिने ‘ सि.सं. १३ हायर कमाण्ड तथा म्यानेजमेन्ट कोर्स ’ सम्पन्न भएको छ।

नेपाली सैनिक वार कलेजमा २०८१ फागुन २२ गतेदेखि सुरु भएको तालिमको बुधवार प्रधानसेनापति महारथी अशोकराज सिग्देलले एक विशेष कार्यक्रमकाबीच समापन गरे ।

३५ जना महासेनानी दर्जाका अधिकृतहरू सहभागी रहेको तालिममा २ जना महिला र ३३ जना पुरुष शिक्षार्थी थिए। समापन कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी सन्तोष बल्लभ पौडेलले स्वागत मन्तव्य राख्दै तालिमका उद्देश्य, संरचना र उपलब्धिबारे जानकारी गराए ।

कार्यक्रममा महासेनानी सुरज बैदवार समग्रमा प्रथम (बेष्ट स्टुडेन्ट अफिसर) घोषित भए भने सर्वोत्कृष्ट सोधपत्र पुरस्कार महासेनानी उत्तम सापकोटाले प्राप्त गरे ।

समारोहमा बलाधिकृत रथी निर्मलकुमार थापा, अन्य रथीहरू, अधिकृत वर्ग तथा सहभागी अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो।

विसं २०७१ सालदेखि सञ्चालनमा आएको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम नेपाली सेनामा कार्यरत अधिकृतहरूका लागि नेतृत्व, रणनीति, व्यवस्थापन र निर्णय क्षमताको विकासमा केन्द्रीत अत्यन्तै महत्वपूर्ण तालिम मानिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु