Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले नेता मिश्र पक्राउ

Zenith Migration Education

नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले आज (बुधबार) धम्बोझी चोकबाट पक्राउ गरेको छ। मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिएको हाे।

बैंकको घोटाला प्रकरणमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका मिश्र अहिले नेकपा (एमाले) का केन्द्रीय सदस्य हुन्। मधेस आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं २ बाट उम्मेदवार थिए।

स्वतन्त्र राजनीतिक समूहबाट उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए। पछि उनी एमाले प्रवेश गरेका थिए। मिश्रसँगै सो ठगी प्रकरणमा पक्राउपर्नेको सङ्ख्या तीन पुगेको छ।

उक्त बैंकमा अहिलेसम्म दुई अर्ब ५० करोड हिनामिना भएको भन्दै उजुरी परेको थियो। बैंक सञ्चालक समिति अध्यक्ष डा ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानविन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु