Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

Zenith Migration Education

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ ।

साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगैं पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन् । न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो ।

बहसपछि इजलासले २५ हजार धरौटी माग गर्ने आदेश गरेको हो ।

युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

पक्राउ नगरी प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु