Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

एक डेढ सय मात्रै उद्योगपति भएकाले बैंकर्स र उद्योगी छुट्याउँदा समस्या आउनसक्छ : सांसद जबरा

Zenith Migration Education

नेपाली काँग्रेसका सांसद उदयसमशेर जबराले बैंकर्स र उद्योगी तत्कालै छुट्याउँदा अर्थतन्त्रमा ठूलो समस्या आउने बताएका छन्।

बिहीवार प्रतिनिधिसभाको अर्थसमितिमा बैंक तथा बाफिया विधेयकमाथिको छलफलमा बोल्दै एउटै व्यक्ति बैंकर्स पनि हुनुपर्ने र व्यापारी पनि हुनु भनेको सुशासनको सिद्धान्तले नमिल्ने बताए। तैपनि व्यावहारिक पाटोलाई हेरिनुपर्ने बताए।

नेपालमा एक डेढ सय मात्रै उद्योगपति भएकाले ऐन कार्यान्वयन भएको १५ वर्षपछि उक्त दफा लागू गर्नुपर्ने उनको तर्क छ।

सांसद जबराले भने‚ ‘कुनै व्यक्ति बैंर्कस र व्यापारी पनि हुनु भनेको सुशासनको सिद्धान्तले मिल्दैन। यसले स्वार्थको द्वन्द्व निम्त्याउँछ। तैपनि अहिले नेपालमा अलिकति ठूला व्यापारी भनेका सय, डेढ सय छन्। अहिले हामीले यो नियम ठ्याक्कै लागू गर्नेबित्तिकै हाम्रो अर्थतन्त्रमा समस्या आउँछ।’

उनका अनुसार त्यसो गर्दा स्वार्थको द्वन्द्व सिर्जना हुँदैन भने तत्काल बैंक तथा उद्योगीहरूलाई समस्या पर्दैन। अर्थतन्त्र अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै उनले हचुवामा अघि बढ्न नहुने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु