Thursday, September 10, 2026
Zenith Migration Education
Thursday, September 10, 2026

सुतेकै ठाउँमा मृत भेटिए पूर्वसभासद् वीरेन्द्र जुहारचन

Zenith Migration Education

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसंविधान सभा सदस्य वीरेन्द्र जुहारचनको निधन भएको छ । माओवादी केन्द्रको जेष्ठ कम्युनिस्ट मञ्चका सदस्यसमेत रहेका जुहारचनको ६९ वर्षको उमेरमा मुस्ताङस्थित आफ्नै निवासमा निधन भएको हो ।

पार्टी कार्यक्रममा सक्रिय रूपमा सहभागी भएर जेठ २८ गते राति घर फर्किएका जुहारचन बिहीबार बिहान सुतेकै अवस्थामा मृत फेला परेका थिए । उनको निधन हृदयाघातका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

जुहारचन २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा नेकपा (माओवादी) बाट समानुपातिक प्रणालीतर्फ सभासद् निर्वाचित भएका थिए । उनी मुस्ताङ क्षेत्रमा पार्टीका एक निष्ठावान र सम्मानित नेताका रूपमा परिचित थिए ।

उनको अप्रत्याशित निधनप्रति माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै जुहारचनको निधनले सिंगो पार्टी मर्माहत भएको बताएका छन् । उनले दिवंगत नेताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन र आफन्तमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु