Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

अहमदाबाद विमान दुर्घटनाः २४१ जनाको मृत्यु भएको पुष्टि

Zenith Migration Education

लण्डन ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ बिहिबार दिउँसो दुर्घटना हुँदा २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले पुष्टि गरेको छ ।

बोइङ ७८७–८ सिरिजको १२ वर्ष पुरानो यो विमान दिउँसो १ बजेर ३८ मिनेटमा अहमदाबादबाट २ सय ३० यात्रु र १२ जना चालक दलका सदस्यसहित उडेको थियो । उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको हो ।

विमानमा सवार कुल २ सय ४२ जनामध्ये २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले एक्समार्फत जनाएको छ । एक जना बेलायती मूलका भारतीय नागरिक मात्रै जीवित रहेको र उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु