Thursday, September 10, 2026
Zenith Migration Education
Thursday, September 10, 2026

अष्ट्रियाको एक विद्यालयमा गोली चल्यो, १० जनाको मृत्यु, २८ जना घाइते

Zenith Migration Education

अष्ट्रियाको दोस्रो ठूलो शहर ग्राजको एक स्कुलमा भएको गोली आक्रमणमा १० जनाको मृत्यु भएको छ ।

एक उच्च माध्यमिक विद्यालयमा गोली चल्दा २८ जना विद्यार्थी र शिक्षक घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान करिब १० बजे विद्यालयभित्र गोली चलेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घटनापछि ग्राजमा ठूलो सुरक्षा अपरेसन सञ्चालन गरिएको छ । प्रहरीले सर्वसाधारणलाई घटनास्थल नजिक नजान आग्रह गरेको छ । प्रहरीले घटनास्थलमा विशेष सुरक्षा बल कोबरा खटाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु