सधैँ राजनीतिक दौडधूप, बैठक र भाषणमा व्यस्त देखिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान एक फरक र शान्त मुद्रामा देखिए । पार्टीको प्रदेश अधिवेशनको व्यस्तताका बीच समय निकालेर उनी म्याग्दीको प्रसिद्ध भुरूङ तातोपानी कुण्डमा स्नान गर्दै गरेको अवस्थामा भेटिएका हुन् ।
पार्टीको पोखरामा जारी अधिवेशनमा सहभागी हुन पुगेका अध्यक्ष प्रचण्ड मंगलबार साँझ म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ स्थित तातोपानी पुगेका थिए । उनको सचिवालयका अनुसार, बिहान उनले प्राकृतिक तातोपानीको कुण्डमा स्नान गरी ताजगी महसुस गरेका हुन् ।

राजनीतिक तनाव र व्यस्त जीवनशैलीबाट केही क्षणका लागि भए पनि बाहिर निस्किएर प्राकृतिक उपचारको आनन्द लिँदै गरेको उनको तस्बिरले राजनीतिक वृत्तमा समेत एक फरक खालको चर्चा पाएको छ ।



