Friday, September 11, 2026
Zenith Migration Education
Friday, September 11, 2026

टिचिङ अस्पतालमा १०० जना नर्सका लागि रोजगारी अवसर

Zenith Migration Education

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल), महाराजगञ्जमा करार सेवामा १०० जना नर्स भर्ना गर्न लागेको छ ।

अस्पतालले आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी रिक्त अस्थायी दरबन्दीमा यो भर्ना प्रक्रिया अगाडि बढाएको हो ।

सूचना अनुसार, इच्छुक उम्मेदवारहरूले आगामी २५ जेठ (जुन ८, २०२५) देखि १ असार (जुन १५, २०२५) बेलुका ५ बजेसम्म आवेदन दिन सक्नेछन् । नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उत्तीर्ण गरेका योग्य व्यक्तिहरूले यो अवसरका लागि आवेदन दिन पाउने छन् ।

उमेरको हदबन्दीको कुरा गर्दा, पुरुष उम्मेदवारको अधिकतम उमेर ४० वर्ष र महिला उम्मेदवारको अधिकतम उमेर ४५ वर्ष तोकिएको छ । यो मापदण्डले विशेषगरी युवा नर्सहरूलाई प्राथमिकता दिइएको देखिन्छ, जसले अस्पतालमा नयाँ ऊर्जा र दक्षता थप्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु