Friday, September 11, 2026
Zenith Migration Education
Friday, September 11, 2026

सप्तरीमा लुटपाटका लागि एक जनाको हत्या

Zenith Migration Education

डाँकाको समूहले सप्तरीमा एक व्यक्तिको हत्या गरेका छन्।

लुटपापटमा आएका डाँकाहरुले जिल्लाको सुरूङा नगरपालिका-८ का कन्तलाल चौधरीको हत्या गरेका हुन्। ५६ वर्षीय चौधरीको घरेलु हतियारसहित गोली समेत प्रहार गरी हत्या गरेको वडाध्यक्ष श्यामदेव साहले बताए।

गएराति ५६ जनाको समूहमा आएका डाँकाहरूले चौधरीको घरमा प्रवेश गरेर आक्रमण गरे थिए। साहका अनुसार डाँका समूहको आक्रमणबाट थप एक जना घाइते भएका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु