Friday, September 11, 2026
Zenith Migration Education
Friday, September 11, 2026

सप्तकोसीमा बेपत्तामध्ये सशस्त्रका १ गोताखोरको शव भेटियो

Zenith Migration Education

सप्तकोसीमा बेपत्ता २ गोताखोरमध्ये एकजनाको शव फेला परेको छ।

शुक्रबार बिहान खोजीको क्रममा घटनास्थलबाट झण्डै तीन किलोमिटर दक्षिणतर्फ सशस्त्रका जवान हरदेब राजबंशीकाे शव फेला परेको सशस्त्र प्रहरी वलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनी नम्बर १ श्रीअन्तु गण ईलाममा दरवन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए।

सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित कोसी नदीमा मनसुनजन्य बिपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरीय विपद् सेमुलेशन अभ्यासको क्रममा बिहीबार दुईजना सशस्त्र प्रहरी जवान नदीमा बेपत्ता भएका हुन्।

सशस्त्र प्रहरी वल नम्बर ६ गण सप्तरी दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्बर ७ गण सिराहो संयुक्त टोलीले बिहीबार संयुक्त अभ्यास गर्ने क्रममा दुई जवान बेपत्ता भएका हुन्।

बिहीबार दिउँसो १५:१० बजेदेखि बेपत्ता नम्बर १ श्रीअन्तु गण ईलाममा दरवन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान हरदेव राजबंशी र नम्वर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत जवान सुरज साउद अभ्यासको क्रममा कोसीमा नदिमा बेपत्ता भएका हुन्।

बेपत्ता हुनासाथ उनीहरुको खोजी कार्य सुरु गरिएको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु