Friday, September 11, 2026
Zenith Migration Education
Friday, September 11, 2026

गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी १० जनाको मृत्यु

Zenith Migration Education

गाजामा भएको इजरायली आक्रमणले बिहीबार कम्तीमा १० जनाको ज्यान गएको छ ।

यसका साथै सेनाले तीव्र आक्रमण जारी राखेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले भने, “बिहानदेखि इजरायली आक्रमणबाट अहिलेसम्म १० जना शहीद भएका छन् ।” आक्रमणहरूले दक्षिणी सहर खान युनिस र गाजा सहर र मध्य सहर देइर अल–बालाहका घरहरूमा विस्थापित नागरिकहरूले शरण लिइरहेका क्षेत्रलाई लक्षित गरेका थिए ।

इजरायली सेनाले घटनाको बारेमा कुनै टिप्पणी गरेको छैन । हमासलाई पराजित गर्ने प्रयास स्वरुप इजरायलले पछिल्लो समयमा गाजामा आक्रमण अझ तीव्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु