Friday, September 11, 2026
Zenith Migration Education
Friday, September 11, 2026

उद्धार अभ्यास गर्ने क्रममा सशस्त्रका दुई गोताखोर सप्तकोशीमा बेपत्ता

Zenith Migration Education

सप्तकोशी नदीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका छन् । सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयले सप्तरी र सुनसरीलाई छुट्याउने सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएको जानकारी दिएको छ ।

बेपत्ता हुनेमा दन्तकाली तालिम केन्द्र बरमजियाका प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेको कार्यालयले जनाएको छ । उनीहरू विपद्का बेला नदीमा फसेका व्यक्तिहरूको उद्धार गर्ने तरिका सिक्नका लागि अभ्यास गर्दै थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले बेपत्ता भएका गोताखोरहरूको खोजी भइरहेको बताए । उनले भने, ‘बेपत्ताको खोजीमा तीव्रता दिइएको छ । आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग समन्वय गरिरहेका छाैँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु