प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
प्रहरी प्रधान कार्यालय बिहीबार एक सूचना जारी गर्दै घिमिरेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको बताएको छ ।
यसअघि महानिरीक्षकको सचिवालयमा डीआईजी नहुँदा एसएसपी रमेश थापाले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। अब थापालाई सहप्रवक्ता तोकिएको छ। थापा पनि प्रहरी महानिरीक्षककै सचिवालयमा कार्यरत छन्।



