Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

२५ वर्षअघिको गीत र म्यूजिक भीडीओ ‘सबैलाई छोडेर’ नयाँ स्वादमा

Zenith Migration Education

काठमाडौं—गायक सज्जु मानन्धरले २५ वर्षअघि रेकर्ड गरिएको आफ्नै गीत ‘सबैलाई छोडेर…’ पुनः रेकर्ड गरी सार्वजनिक गरेका छन् र उक्त गीतको रीमेक म्यूजिक भीडीओ पनि सार्वजनिक गरे।

गीतकार डा. राजु मानन्धरको शब्द रहेको उक्त गीतमा पुरानो संस्करण झैं जुगल डंगोलको संगीत तथा संगीत संयोजन रहेको छ। जेष्ठ १८ सोमबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा गीतकार तथा कवि दिनेश अधिकारीको प्रमुख आतिथ्यमा पुन: रिकार्ड जी गीत र यसको भिडियो सार्वजनिक गरियो।यो गीत २५ वर्षअघि रिलीज़ गरिएको गीती एल्बम रागिनी १ मा समेटिएको छ।उक्त एल्बमका सब ८वटा गीतहरू को संगीतकार जुगल डंगोल, गायक सज्जु मानन्धर र गीतकार डा. राजु मानन्धर थिए।

सो कार्यक्रम का.म. पा. १३ का पूर्व निर्वाचित जन प्रतिनिधि लोकप्रिय समाजसेवी दिल बहादुर मानन्धरले आफ़नो दिवंगत श्रीमती गणेश देवी मानन्धरको स्मृतिमा प्रस्तुत गरे।विख्यात साहित्यकार कवि स्नेह सायमि को सभापतित्व मा संचालित उक्त कार्यक्रममा बोल्दै मदन पुरस्कार विजेता अधिकारीले गीतको शब्दविन्यास र भावशैलीलाई पृथक भन्दै प्रशंसा गरे। उनका अनुसार गीतको रचना शैली आम रचनासँग भिन्न छ।

संगीतकार डंगोलका अनुसार, वियोग भावमा आधारित यस गीतलाई यसपटक रोमान्टिक रंग दिन खोजिएको छ। “२५ वर्षअघिको टीमलाई नै पुनः एकत्रित गरी आधुनिक स्वादमा ल्याइएको हो,” उनले भने।

गीतको भिडियो कृष्ण देव रुपाखेतीले निर्देशन गरेका हुन्। भिडियोमा अभिनेत्री प्रियंका कार्की र मोडल बिन्दे महर्जनको अभिनय रहेको छ। छायांकन उत्सव दाहाल, सम्पादन विष्णु खड्काले गरेका छन्। सफल मोशन पिक्चर्सको पोस्ट-प्रोडक्सनमा तयार भएको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु