Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

किन दिए माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता साहले राजीनामा ?

Zenith Migration Education

नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले दलको नेताबाट राजीनामा दिएका छन् ।

साहले मधेश प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् । सोमबार काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले दलको नेताबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।

अध्यक्ष प्रचण्डको निर्देशनपछि साहले दलको नेताबाट राजीनामा दिएको साहनिकट स्रोतले जनाएको छ । यसअघि माओवादी मधेश प्रदेशसभाका सांसदहरूले दलको नेताको हैसियतमा साहले काम ग्न नसकेको भन्दै राजीनामा दिन दबाब दिँदै आएका थिए ।

मधेश प्रदेशसभामा माओवादी केन्द्रका ९ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु