Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

आइपीएल २०२५ को च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

Zenith Migration Education

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) बनेको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा भएको फाइनलमा खेलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसिबी इण्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो पटक च्याम्पियन बनेको छ । आरसिबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधी जितेको हो ।

१ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ८४ रन बनाउँन सक्यो । किंग्सका लागि शंसाक सिंहले ३० बलमा ३ चौका र ६ छक्का सहित सर्वाधिक ६१ रनको योगदान गर्दा जोस इङ्लिसले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३९ रन जोडेका थिए । त्यस्तै, कप्तान श्रेयस अय्यर सामना गरेको दोस्रो बलमा नै १ रनमा आउट भएका थिए । ओपनर प्रियाशं आर्य २४, प्रभसिमरन सिंह २६ र निहाल बढेरा १५ रनमा आउट भएका थिए ।

रोयल च्यालेन्जर्स बेंगलुरुका तर्फबाट भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ विकेट लिँदा रोमारियो शेफर्ड, जोस हेजलवुड र यश दयालले समान १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु